रेडियो प्रशारक महासंघका केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेको कोरोनाबाट निधन

स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान) का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेको कोरोनाबाट निधन भएको छ।

कोरोना संक्रमण देखिएपछि उनी १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत थिए। तर उपचारको क्रममै आज बिहान साढे ८ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ। 

उनका दुई सन्तान् छन्। उनी रेडियो सप्तकोसीका सन्चालकसमेत हुन्। 

प्रकाशित मिति: : 2021-05-28 10:27:00

प्रतिकृया दिनुहोस्