प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।
प्रधानन्यायाधीशको एकल इजलासले बिहीबार १९ वटा रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ आज हुनेछ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन्। प्रतिनिधिसभा विघटनलगायत विषयमा परेका रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठन गरेका हुन्।
प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) वमोजिमको प्रधानमन्त्री नियुक्ति गर्ने आधार रहेको वा नरहेको भन्ने सन्दर्भमा परेका रिटहरुमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन गरिएकाे हाे।
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधान–न्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ।
प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ।
संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै ११ वटा रिट दर्ता भएका छन्। विघटनबिरुद्ध परेका कुल ३० वटा रिट उपर आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।