प्रभावशाली चारदेशका प्रमुखबीच अनलाइन सम्मेलन हुँदै

प्रमुख चार प्रभावशाली मुलुकका नेताहरुबीच अनलाइन सम्मेलन हुने भएको छ।

सम्मेलनमा जर्मनीकी चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी भएका थिए। 

दक्षिण कोरियाले आयोजना गर्न लागेको सम्मेलन वातावरणका विषयमा केन्द्रीत हुने अधिकारीले जनाएका छन्। 

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीहरुले कोरोना महामारीका कारण सम्मेलन अनलाइन मार्फत गर्नु परेको शुक्रबार जानकारी दिएका छन्।  

हरित बृद्धि र विश्व लक्ष्यका लागि सहभागीता (पि फोर जी) सोल सम्मेलनको सञ्चालन दक्षिण कोरियाका राष्ट्रपति मुनले गर्ने कार्यक्रम तालिका बनाइएको छ। 

सम्मेलन यही आइतबार र सोमबार हुने तय भएको छ। सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ। ती मध्ये केही अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायका अधिकारीहरु पनि रहने छन्। 

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङ भने सहभागी नहुने अधिकारीहरुले बताएका छन्। वासिङ्टन र बेइजिङ्को तर्फबाट भने राष्ट्रपतिका जलवायु तथा वातावरण सम्वन्धी प्रतिनिधिहरु सहभागी हुने तय भएको छ।   

हरित बृद्धि र विश्व लक्ष्यका लागि सहभागीता (पि फोर जी) विश्वभरी वातावरण तथा अर्थमैत्री दिगो बृद्धिका लागि सहयोग गर्ने उद्धेश्यले बनाइएको अन्तर्राष्ट्रिय मंच हो। यसको पहिलो सम्मेलन गत सन् २०१८ मा डेनमार्कमा भएको थियो। रासस 

प्रकाशित मिति: : 2021-05-28 20:48:00

प्रतिकृया दिनुहोस्