‘तपाईंहरूलाई राम्रो घरबेटी पाउन मुस्किल, हामीलाई खुरूखुरू भाडा दिने डेरावाला’

सेतोपाटी

काठमाडाैं

मानिसका लागि घर नभई हुँदैन। बास बस्नका लागि घर चाहिन्छ। अझ प्रष्टरूपमा भन्नुपर्दा सुरक्षितसाथ जीवनयापनका लागि घर चाहिन्छ। 

घाम, पानी, हुरी बतास आदिबाट बच्नका लागि पनि घर चाहिन्छ। विश्वभर जनसंख्या बढ्दै गएको छ। हाम्रो देशमा पनि जनसंख्याको दर उच्च हुने क्रम जारी छ। 

देशका अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकाको जनसंख्या धेरै छ। 

विद्यालय, रोजगारी, अस्पताल लगायतमा सुविधा हुने भएकाले देशका विभिन्न स्थानबाट यहाँ आउनेहरूको हरेक वर्ष घुइँचो नै हुन्छ। 

काठमाडौं सपनाको सहर हो। यहाँ विभिन्न सपना सजाएर जन्मथलो छाडेर आउनेहरू धेरै छन्। ‘काठमाडौं सहर हेर्दा लाग्छ रहर !’ यो थेगो पनि प्रचलित नै छ। तर अहिले सपनाको हर विस्तारै धुमिल, प्रदूषित हुँदै गएको छ। 

आजकाल यो सहर कोलाहल र कंक्रिटको मात्रै बन्दै गएको छ। करिब ५ दशक अगाडि सुन्दर, शान्त, हरियाली देखिने सहर अब जाम र धुलोको रूपमा परिचित हुँदै गएको इतिहासविद्हरू बताउँछन्। अचेल त धुलो र कोरोनाका कारण मास्कमाडौंभन्दा पनि फरक नपर्ने भइसकेको छ। तै पनि यहाँ आफ्नो सुन्दर सपना सजाउन आउनेहरूको कमी भने छैन। 

विभिन्न काम विशेषले यो सहरमा प्रवेश गर्नेहरूका आ-आफ्नै पीडा छन्। यहाँ घर भएकाहरू (केही घरबेटी) का आफ्नै खाले चुरीफुरी पनि देखिन्छन्। 

कोठा वा फ्ल्याट लिएर बस्नेहरू उनीहरूको नजरमा फगत ! चरामुसा हुन्। सहर त्यो पनि काठमाडौंमा घर हुनु भनेको त मानौं कि चन्द्रमामा नै पुगेजस्तो ! सर्वोच्च ! क्या खत्रा ! हुनेखाने ! काठमाडौंमा नभए पनि देशका कुनै न कुनै भूभागमा अधिंकाशको घर हुन्छ नै। तथापि बाहिरबाट बसाइ सरेर अनेकन संघर्षपश्चात् घर बनाएकाभन्दा स्थानीयहरूको डेरामा बस्नेलाई हेर्ने नजर पृथक देखिने गरेको पनि पाइन्छ। 

प्रकाशित मिति: : 2021-05-29 19:56:00

प्रतिकृया दिनुहोस्