सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्ने सरकारको निर्णयप्रति योगेश भट्टराईको आपत्ति

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।

नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने  बताएका छन्।

‘असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्छ’, नेता भट्टराईले भने।

प्रकाशित मिति: : 2021-05-30 11:39:00

प्रतिकृया दिनुहोस्