उपप्रधानमन्त्री पोखरेलद्वारा उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन्।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छाैँ’ उपप्रधानमन्त्री पोखरेलले भने।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-05-30 15:52:00

प्रतिकृया दिनुहोस्