हुम्लामा दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि

फाइल तस्वीर
फाइल तस्वीर

कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ।

हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन्।

नमूना विद्यालयको शिलान्यास

सदरमुकामस्थित सिमिकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गरेका थिए।

संघीय सरकारको रु एक करोड २६ लाख आर्थिक सहयोग र सिमिकोट गाउँपालिकाको समन्वयमा उक्त भवन निर्माण हुने पालिकाका निमित कार्यकारी प्रमुख उजिर रोकायाले जानकारी दिए।रासस

प्रकाशित मिति: : 2021-05-30 21:17:00

प्रतिकृया दिनुहोस्