रक्सी चोर्ने असईसहित ३ प्रहरीको जागिर गयो

फाइल तस्वीर
फाइल तस्वीर

सिराहामा रक्सी चोरेको अभियोगमा नेपाल प्रहरीका असईसहित ३ प्रहरी निलम्वनमा परेका छन्।

निषेधाज्ञामा बन्द रहेको पसलबाट रक्सी चोरेको आरोपमा उनीहरु निलम्बनमा परेका हुन्। निलम्बनमा पर्नेहरुमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेशकुमार राय रहेका छन्।

निषधाज्ञामा खुलेका पसल बन्द गराउदै हिडेका प्रहरी आफैँले रक्सी चोरेको भिडियो सीसीटिभीमा देखिएपछि उनीहरुलाई प्रहरी सेवाबाट निलम्बन गरिएको जिल्ला प्रहरी कर्यालय सिराहले जनाएको छ।

गएको जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको पूजा मदिरा पसलमा होहल्ला भइरहेको थाहा पाएपछि प्रहरी टोली पुगेको थियो।

प्रहरीलाई देखेपछि पसल सञ्चालकसहित सबै भागे। त्यसपछि तीनै प्रहरीले पसलबाट रक्सी चोरेर चौकी फर्किएको सीसीटिभी क्यामरामा कैद भएको थियो।

प्रहरीले उक्त मदिरा पसलबाट भोड्का नामको रक्सी चोरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रकाशित मिति: : 2021-05-31 11:39:00

प्रतिकृया दिनुहोस्