गृहमन्त्रीबाहेक पहिले माओवादीलाई दिएका मन्त्रालय जसपालाई दिन एमाले तयार

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग गृह मन्त्रालयबाहेक पहिले माओवादीकेन्द्रका मन्त्री रहेका छ वटै मन्त्रालय जसपालाई दिन सहमति जनाएका छन्।

यो सहमतिसँगै जसपा ठाकुर पक्ष  सरकारमा सहभागी हुने भएकाे छ। साेमबारकाे भेटमा पनि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सोमवार बालुवाटारमा भएको छलफलमा जसपाका एजेण्डा र सरकारमा सहभागी हुनेबारे छलफल भएकाे तर मन्त्रालय नै दिनेगरी सहमति भने नभएकाे बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले बिएल नेपाली सेवालाई जानकारी दिए।

गत साता दिएको सर्वोच्च अदालतको आदेशपछि  पूर्वमाओवादी खेमाका ६ जना मन्त्रीहरूको पद रिक्त भएको थियो । प्रधानमन्त्री ओलीले गृह मन्त्रालय भने एमालेसँगै राख्ने गरी मात्र जसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2021-05-31 14:19:00

प्रतिकृया दिनुहोस्