चीनबाट ९ लाख खोप आज काठमाडौं ल्याइँदै

चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई सहयोगवापत घोषणा गरेको कोरोना भाइरसविरुद्धको ९ लाख डोज खोप आज काठमाडौं आउँदैछ।

नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत मंगलबार कोभिड-१९ को खोप र अत्यावश्यक सामग्री पनि ल्याइँदै छ। ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। यो खोप दुई मात्रा लगाउनुपर्छ।

प्रकाशित मिति: : 2021-06-01 06:52:00

प्रतिकृया दिनुहोस्