सोमबार दिउँसो माछा मार्ने क्रममा सुनकोसि नदिमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।
काभ्रे चौंरी गाउँपालिका ८ बिर्तादेउरालीस्थित सुनकोसी नदीमा सोही जिल्लाको तेलाम गाउँपालिका २ बस्ने २१ वर्षीय सुजित तामाङ र ३ बस्ने २२ वर्षीय दिलध्वज तामाङ बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बलको नम्बर २० बिपद् उद्दार उपत्यका गण र नम्बर १५ गण काभ्रेबाट गएको गोताखोरले मंगलबार दिउँसो सुजित तामाङको शव नदीबाट निकालेको हो । बेपत्ता अर्का किशोर दिलध्वजको खोजी कार्य भइरहेको छ।