चन्द्रागिरिमा पर्खाल भत्किँदा ४ जना पुरिए, दुई जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

रोसन दानी 

काठमाडौँको चन्द्रागिरि नगरपालिका १३  पुरानो नैकाप कंकालीमा ढुङ्गाको पर्खाल पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

जग्गामा ढङ्गाको पर्खाल लगाउँदा लगाउँदै अचानक पर्खाल भत्किएपछि दुई जनाको मृत्यु भएको हो।

चन्द्रागिरिका कंकालीका स्थानीयबासीका अनुसार गल्र्याम आवाज आएको र के भएको भन्नेर हेर्न जाँदा पर्खाल भत्किएर चार जनालाई पुरिसकेको प्रत्यक्ष दर्शीले जानकारी दिए।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरिक्षक गणेश चन्द्र कोईरालाका अनुसार पर्खाल एकासी भत्किएर मृत्यु हुनेमा उदयपुर बेलुवा ८ की ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिकाका वडा नम्बर ९ का  २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन्।

माथिबाट भत्किएको पर्खालले थिचेर उदयपुर कटारी का २१ वर्षका मिलन तामाङ, जिल्ला धादिङ गल्छी गाउँपालिका २ का  १८ वर्षीय हरि घले शक्त घाइते छन्। उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-06-02 13:19:00

प्रतिकृया दिनुहोस्