खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 

Symbolic photo
Symbolic photo

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ भाटबेशीस्थित सडकमा ना.६ त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक मृत्यु भएको छ।

मंगलबार राति भएको  दुर्घटनामा सोही नगरपालिका-५ दुर्छिम बस्ने २० वर्षीय रोशन राउतको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-06-02 16:20:00

प्रतिकृया दिनुहोस्