५३१६ जना कोरोना संक्रमित थपिए, १०१ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ५ हजार ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ७ हजार २१९ जना सङ्क्रमण मुक्त भएका छन्।

देशभर १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको छ। यस्तै निको हुनेको कुल संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-02 18:11:00

प्रतिकृया दिनुहोस्