ओखलढुङ्गामा रुखबाट लडेर एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

जिल्लाको चिशङ्खुगढी गाउँपालिका-८ मा रुखबाट लडेर आज एक जनाको ज्यान गएको छ। घाँस झार्ने क्रममा पयुँको रुखबाट लडेर २७ वर्षीय एकबहादुर विश्वकर्माको मृत्यु भएको हो।

घर नजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। रासस

प्रकाशित मिति: : 2021-06-02 18:48:00

प्रतिकृया दिनुहोस्