काठमाडौंमा सन् १९९९ मा भएको आठौं साफ गेम्समा नेपाललाई रजत पदक दिलाएका बक्सर हरि केसीको निधन भएको छ।
विगत लामो समयदेखि उनी कोरोना संक्रमित थिए। शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई यसै साता कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरिएको थियो।
उनको बिहान १० बजेतिर निधन भएको अर्का बक्सिङ खेलाडी किरण बहादुर श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
४६ वर्षीय केसीले आठौं साफमा नेपाललाई लाइट फ्लाइवेटमा रजत पदक दिलाएका थिए। उनलाई अक्सिजन दिँदा पनि अक्सिजनको मात्रा ८०–८५ बाट माथि जान सकेको थिएन।
उनको आजै पशुपति आर्यघाटमा काजक्रिया गरिने परिवारले जानकारी दिएको छ।