लम्जुङ जिल्लाको पूर्वी भेगमा रहेको दुधपोखरी गाउँपालिका जन्मभुमी भई देश तथा विदेशमा छरिएर रहेका मातृभुमी प्रेमी नेपालीहरुको साझा संस्था दूधपोखरी सेवा समाजले कोरोना महामारी न्युनिकरणका लागी आफ्नै प्रयासको थालनी गरेको छ।
स्थापना कालदेखि नै सकारात्मक सामाजिक रूपान्तरण अभियानम सक्रिय रहेको यस संस्थाको पहलमा शुरु गरिएको सहयोग अभियानमा अमेरिका, जापान, अष्ट्रेलिया, सिङापुर, खाडी मुलुक लगायत नेपाल भित्रै रहेका शुभचिन्तकहरुबाट स्वत:स्फुर्तरूपमा सहयोग आइरहेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ ले विश्व आक्रान्त भइरहेको बेला दुधपोखरी गाउँपालिका समेत धेरै प्रभावित भएकोले गाउपालिकाको ६ वटै वडामा फैलिएको कोभिड-१९ केही नियन्त्रण गर्ने उदेश्यले पहिलो चरणमा दुधपोखरी सेवा समाज काठमाडौद्वारा एन्टिजेन परीक्षण किट, विविध औषधि, अक्सिमिटर , पिपिइ साथ अन्य स्वास्थ्य सामग्री खरिद गरी उक्त गाउँपालिका भित्रका ६ ओटा वडाको लागि स्वास्थ्य विज्ञको रोहबरमा खरिद गरी पठाइसकेको दूधपोखरी सेवासमाजका उपाध्यक्ष सुजन न्यौपानेले जानकारी दिए।
सेवा समाजका अध्यक्ष सरोज न्यौपानेको नेतृत्वमा सञ्चालित यस कार्यक्रममा गांउपालिका भित्र स्वास्थ्य सामाग्री वितरण तथा कोविड-१९ कै कारण कसैलाई अन्य मानवीय सहयोग आवस्यक परेमा सो किसिमको सहयोग गरिने समाजका अध्यक्ष सरोज न्यौपानेले जानकारी दिंदै कोभिड-१९ को पहिलो सुरुवातसँगै काठमाडौंमा रोजगार गुमाएर बसेका र विद्यार्थीहरुलाई गाउँ पठाउने, राहत वितरण र देशमा रगत आभाव भएकोले रक्तदान लगायत थुप्रै सामाजिक कार्यमा अग्रसर सेवा समाज जस्तोसुकै समस्यामा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छन।
यस समाजका शुभचिन्तक तथा ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल सदस्य कालिका न्यौपानेले कोविड्-१९को महामारिमा समाजले खेलेको भूमिकाको प्रसंशा गर्दै अमेरिका देखि भएपनी आफ्नो सहभागिता जनाउन पाएकोमा खुशी व्यक्त गर्दै अगाडी भन्छन्, 'राज्नितिरहित कुनै संस्था आफ्नो जन्मभुमिमा सकृय हुन्छ र नितान्त समाजको दिगो विकासमा लाग्छ भने यस्ता कामहरुमा सक्रिय सहयोग गर्छु।'
पर्यटकिय दुष्टिले महत्वपुर्ण रहेको यस गाउपालिका गुरुङ,तामाङ लगायत बहु-सान्स्कृत तथा जैबिक बिबिधताले भरिपुर्ण रहेको र यहाँ मल्टी कल्चरल सस्टेनेबल टुरिजम प्लान बनाउनुपर्छ भन्ने पक्षमा रहेका उनी अगाडि थप्छन्, 'मिलेर कोविड-१९ पराजित गर्न सकौ र यही समाज तथा समाजका शुभचिन्तकहरु अनि अन्य सरोकारवालाहरु मिलेर यस क्षेत्रको प्राकृतिक वातावरणिय तथा सन्स्कृतिक संरक्षण र आर्थिक बिकाशलाई पर्यटनसँग जोड्नका लागि हातेमालो गरौं।'