कुटपिटबाट एक पुरुषको मृत्यु, अभियुक्त पकाउ 

Symbolic photo
Symbolic photo

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट मृत्यु भएको छ।

गोकर्णेश्‍वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।

प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा  बुधबार साँझ मृत्यु भएको थियो।

कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-06-03 16:52:00

प्रतिकृया दिनुहोस्