थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि, ५९०४ जना निको

पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्।

त्यस्तै गत २४ घण्टामा ५ हजार ९०४ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

यसअवधिमा कोरोनाबाट ७५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ८३९ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-03 17:03:00

प्रतिकृया दिनुहोस्