माधव समूहको भेलामा पाण्डे र भुसालको ब्रिफिङ : बालुवाटारले भुल्याउन मात्रै खोज्यो

रातोपाटी

काठमाडौँ

 नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेला बिहीबार भर्चुअल माध्यमबाट भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले धारणा राखेका थिए । उनले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा कुरा सुरु गर्दै आफ्नो समूहका नेताहरुको धारणा सुन्न भेला आयोजना गरिएको बताएका थिए । 

‘तपाईँहरुका कुरा सुनौं, विकसित परिस्थितिको मुल्यांकन गरौ भनेर यो छलफल राखिएको हो । सवैको धराणा सुनेर अघि बढ्न सहज हुने ठानेर भेला गर्नुपरेको हो’, नेता नेपालको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टी एकताका लागि अनौपचारिक ढंगले केही साथीहरुले कुरा पनि गरिराख्नु भएको छ । तर खासै उपलव्धी भैसकेको छैन ।’ 

नेता नेपालपछि अर्का बरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । खनालले अध्यक्ष ओलीको कार्यशैलीका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको भन्दै यसलाई बचाउनु सवैको कर्तव्य भएको बताएका थिए । तर उनले ओलीका गतिविधि सच्चिने तर्फ अझै नदेखिएको धराणा राखेका थिए ।

प्रकाशित मिति: : 2021-06-03 18:15:00

प्रतिकृया दिनुहोस्