यस्ताे छ अहिले विप्लव बसिरहेकाे घर

Breaknlinks
Breaknlinks

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले  आफूहरु शान्तिपूर्ण राजनीतिमाभन्दा पनि शान्तिपूर्ण रुपले आफ्नो धारणा राख्न तयार भएको बताएका छन्।

हिमालयन टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रममा अन्तर्वार्ता दिदै उनले आफूहरु खुल्ला प्रतिस्पर्धात्मक राजनीतिमा भन्दा पनि आफ्ना एजेण्डा र पार्टीको विचारलाई शान्तिपूर्ण तरिकाले राख्न तयार भएर अघि बढेको बताएका छन्।

उनी अहिले कपिलवस्तुस्थित एक गाउँको टहरामा बस्दै आएका छन्। 'नेताको घर त भब्य र ठूलो हुन्छ भनिन्छ नी' भन्ने प्रश्नमा उनले भने, 'मसँग जत्तिको घर छ, हाम्रा जनताहरुमा कतिसँग त यत्तिको पनि छैन। म नेता हो भन्दैमा आलिसान महलमा बस्नुपर्छ भन्ने छैन। हामी सबै नेपालको समाजमा हुर्किएका हौं। त्यसैले समाजमा जे जस्ता विशेषताहरु छन्, त्यसैसँग घुलमिल हुन सक्नुपर्छ। नेता भन्दैमा आलिसान महल नै चाहिन्छ भन्ने छैन। मेरो जे भने पनि यही एउटा हो। जनयुद्धको समयमा खेतमा थियो घर। अहिले त्यो भासिएर सकियो। यो पछि बनाएको घर हो।'

प्रकाशित मिति: : 2021-06-04 12:42:00

प्रतिकृया दिनुहोस्