कोभिड नेपाल: निषेधाज्ञा लागेपछि 'सस्तोमा पनि तरकारी बिकेन, खाडलमा पुरियो'

बिबिसी

नुवाकोट 

शक्तिमाया तामाङ 

निषेधाज्ञाको बेला अत्यावश्यक सामान ढुवानी गर्न पाउने भनिए पनि ग्रामीण भेगमा भएका उत्पादनले बजार नपाएको उनीहरूको गुनासो छ।

नुवाकोट जिल्ला ताकी गाउँपालिका वडा नम्बर ५ का दीपक खनाल आफ्नो खेतमा उत्पादित तरकारी बेच्न नपाएपछि लगानी समेत उठाउन नसक्ने चिन्ताले सताएको सुनाउँछन्।

कैयौँ रोजगारीको खोजीमा विदेश गएका बेला स्वदेशमै कृषि उत्पादनलाई जोड दिने उद्देश्यले विगत तीन वर्षदेखि युवाहरू मिलेर कृषि फर्म सञ्चालन गरेको खनालले बताए।

उनीहरूले स्थानीय बजार, सदरमुकाम विदुर र काठमाण्डू लगेर विक्री गर्दै आएका थिए।अहिले गोलभेँडा, बन्दा, खुर्सानी, भान्टा, काँक्रो, घिरौँला, सिमी लगायतका तरकारी तयार भए पनि विक्री गर्न पाएका छैनन्।

उनले भने, "हाम्रो तरकारी खेर गयो, केही कुहिएर गयो, केही काटेर खाल्डोमा हाल्यौँ।"

"सरकारले अहिलेको अवस्थामा उत्पादन भएका तरकारीहरूलाई शीतभण्डारमा राखेर पछिको लागि हुने त्यस्तो सोच बनाएर काम गरे हुन्थ्यो, हामी कृषकको समस्या बुझिदिए राम्रो हुन्थ्यो।"

केही तरकारी गाउँगाउँ डुल्दा सस्तोमा विक्री भएको तर केही नबिकेर खाल्डोमा फाल्न बाध्य भएको उनले बताए।

प्रकाशित मिति: : 2021-06-04 15:06:00

प्रतिकृया दिनुहोस्