कोरोना अपडेटः ६६५३ जना संक्रमित, ८६६३ जना निको

१०१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना सङ्क्रमण भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ८ हजार ६६३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट १०१ जनाको मृत्यु भएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ७ हजार ७३१ जना पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ८१ हजार ५६० जना कोरोना सङ्क्रमित हुँदा चार लाख ७६ हजार १३० जना निको भएका छन्। 
 
 

प्रकाशित मिति: : 2021-06-04 17:03:00

प्रतिकृया दिनुहोस्