ढुङ्गा, गिट्टी निर्यातको योजना : आमाको मिर्गौला बेचेर श्रीमतीलाई गहना दिएजस्तो

लुम्बिनी प्रदेशका नागरिक अगुवाको प्रतिक्रिया :

सरकारले ढुङ्गा गिट्टी भारत निर्यात गरेर व्यापार घाटा कम गर्ने बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको नीतिको लुम्बिनी प्रदेशका नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन् । भारतलाई खुशी बनाउन र उसको आवश्यकता पूरा गरिदिन राष्ट्रकै विरुद्ध नांगो दलाली भएको नागरिक अगुवा बताउँछन् ।

यो नीतिभित्र स्थानीय तहबीच द्वन्द्व बढाइदिएर संघीयतालाई असफल बनाउने खेल लुकेको सक्ने आशंका पनि उनीहरुले गरेका छन् ।

ढुङ्गा गिट्टी निर्यातका लागि गरिने ठूलो मात्राको उत्खनन्ले वातावरणीय सन्तुलन खल्बलिन गई चुरे र पहाडमा पानीका स्रोत सुक्ने, भूक्षय, बाढी पहिरोको जोखिम बढ्ने र भविष्यमा नेपालको तराई मरुभूमिमा परिणत हुने उनीहरुको चिन्ता छ ।

यो नीति र योजना सत्तारुढ दलका नेता-कार्यकता समेत अंशियार रहेका सीमित व्यवसायीलाई पोस्ने दलाल पुँजीवादको विकृत रुप भएको र यसले व्यापार घाटा कम गर्ने नभई झन् बढाउने उनीहरुको ठोकुवा छ ।

महाकाली सन्धिबाट कमाइ हुन्छ भनेजस्तै हो : भुसाल

वातावरणको क्षेत्रमा कलम चलाउने अग्रज पत्रकार भरत भुसाल प्राकृतिक स्रोत साधन अरु वस्तुबाट पूर्ति गर्न नसकिने वस्तु भएकाले संरक्षण गर्नुपर्नेमा निर्यात गर्ने नीति नै गलत भएको तर्क गर्छन् । विगतमा विना योजना खोलाको दोहन गरेका कारण अहिले नै नेपालमा सडक, रेल, हवाई मैदानलाई ढुंगा गिट्टी बालुवाको अभाव भएको र नागरिकका लागि अति महंगो भएको देख्दादेख्दै अब भएको बाँकी बस्तु भारत पठाएपछि हाम्रा निर्माणको अवस्था के हुने भन्ने भुसाल प्रश्न गर्छन् ।

प्रकाशित मिति: : 2021-06-05 10:53:00

प्रतिकृया दिनुहोस्