पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन  कन्सन्ट्रेटर वितरण गरेको छ।

नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा  १०० थान अक्सिजन कन्सन्टे«टर वितरण गरिएको हो। 

अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन  कन्सन्ट्रेटर उपलब्ध गराएको जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-06 13:08:00

प्रतिकृया दिनुहोस्