कोरोना अपडेट: ३४७९ जना संक्रमित, ६६३६ जना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जनामा कोरोना ससंक्रमण पुष्टि भएको छ। त्यसैगरी ६ हजार ६३६ जना सङ्क्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ९९ जनाको मृत्यु भएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ७ हजार ७८९८ जना पुगेको छ।

प्रकाशित मिति: : 2021-06-06 16:49:00

प्रतिकृया दिनुहोस्