भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर गुरुङ पक्राउ

कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुल्ला गरेकाले गुरुङलाई पक्राउ गरेको कोटेश्वर प्रहरीले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गुरुङलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै प्रहरीले उनलाई प्रहरी पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2021-06-07 17:36:00

प्रतिकृया दिनुहोस्