पछिल्लो २४ घण्टामा देशभर काेराेना संक्रमणबाट १०८ जनाको मृत्यु भएको छ। यो संगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो अवधिमा ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै २४ घण्टाम ६५७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।