प्रसुति गृह सञ्चालनपछि पहिलो शिशुको जन्म

Image khabar
Image khabar

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ। 

गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताए। 

जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ। नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गरे। रासस 

प्रकाशित मिति: : 2021-06-08 19:15:00

प्रतिकृया दिनुहोस्