उद्घाटन भइसकेका आयोजनालाई २ अर्बभन्दा बढी बजेट

अनलाइनखबर

काठमाडौं

उद्घाटन भइसकेका आयोजनालाई आगामी वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्चिनुपर्ने भएको छ । उद्घाटन भइसके पनि काम नसकिएका कारण सरकारले मेलम्ची खानेपानी आयोजना र धरहरा पुनर्निर्माणमा आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद धरापमा परेपछि काम नसकिए पनि यी परियोजनाहरु उद्घाटन गरेका थिए । 

निर्माण सकेर हस्तान्तरण नहुन्जेल निर्मित र निर्माणाधीन संरचना ठेकेदार कम्पनीकै जिम्मेवारीमा हुन्छ । निर्माण नसकिंदै उद्घाटन गरेपछि आयोजनाको गुणस्तरमा समस्या देखिएमा सरकारले ती परियोजना ग्रहण गर्ने कि नगर्ने भन्ने समस्या हुने विज्ञले बताउँदै आएका छन् ।

सार्वजनिक खरीद तथा परियोजना व्यवस्थापन मामिलाका जानकार डा. राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘ठेकेदारबाट हस्तान्तरण नभएका आयोजना उद्घाटन गर्दा करार प्रक्रिया पूरा भएको अर्थ लाग्छ । उद्घाटन भएको संरचनाको गुणस्तरबारे प्रश्न उठ्दा ठेकेदार पन्छिए समस्या हुने विज्ञ अधिकारी बताउँछन् ।

करार नसकिँदै उद्घाटन भएका परियोजनामा अहिले पनि सरकारले करोडौं लगानी गर्न बाँकी रहेको देखिन्छ ।

प्रकाशित मिति: : 2021-06-10 10:24:00

प्रतिकृया दिनुहोस्