झापामा करेन्ट लागेर दुई जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

झापा झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।

अर्जुनधारा नगरपालिका-३ बस्ने ८२ वर्षीया गल माँया खड्काको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ।

आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी कमल गाउँपालिका-७ लालधोन्द्रास्थित खेतमा पानी लगाउन जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने महेन्द्र धिमालको भान्जा मोरङ बेलबारी नगरपालिका-४ तेलकुरी बस्ने १४ वर्षीय सन्देश धिमालको बिहीबार दिउँसो मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।     


 

प्रकाशित मिति: : 2021-06-11 13:55:00

प्रतिकृया दिनुहोस्