राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियाे

ANFA
ANFA

फिफा विश्वकप तथा एसियन कप छनोट खेलका लागि कुवेत पुगेकाे नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन्।

खेलाडीसहितकाे ३६ सदस्सीय नेपाली टिम आइतबार राति स्वदेश फर्किएकाे  हाे।

नेपालले कुवेतमा तीन वटा छनाेट खेल खेलेर नेपाल फर्किएकाे हाे। छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको खेलेकाे थियाे।

नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो। भने, जोर्डनसँग ३–० गोल अन्तरले तथा अष्ट्रेलियासँग ३–० गोल अन्तरलेनै पराजित भएको थियो।

प्रकाशित मिति: : 2021-06-13 23:01:00

प्रतिकृया दिनुहोस्