जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्त सम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गरी आगामी असार ७ गते राति १२ वजेसम्म कायम गरेको छ।
कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए।
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गते देखि निषेधाज्ञा लगाईदै आएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य मापदण्ड अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ।
जिल्लामा आजसम्म कुल सङ्क्रमितको संख्या तीनहजार पाँचसय ९०, सक्रिय सङ्क्रमित एकहजार पाँचसय ६०, निको हुनेको संख्या दुईहजार ४६ र मृतकको संख्या २८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस