भात खान दिनहुँ दुई घन्टा हिँडेर थापाथली आउँछन् मीठू र उनका छोराछोरी

सेतोपाटी

काठमाडौँ

निर्मला घिमिरे

शनिबार दिउँसो साढे दुई बजे। थापाथली चौरमा भोकाहरूको भिड बढ्दै थियो। भोकले रन्थनिएकाहरू मनकारीले बाँड्ने दाल–भातको प्रतीक्षामा थिए। 

चौर नजिकै मन्दिर छेउमा सानो समूह थियो। त्यो समूह खाना खानकै लागि भोलढोका, बालकुमारीबाट थापाथली पुगेको रहेछ। पदैल हिँडेर आएका उनीहरू मन्दिर छेउ बसेर थकाइ मारिरहेका थिए। त्यहीँ एक महिला काखमा सानी बच्ची च्यापेर बसेकी थिइन्। दुई वर्षीया छोरी बोकेर उनी दुई घन्टा हिँड्दै थापाथली पुग्ने रहिछन्। 

'अरू मान्छे त डेढ घन्टामा आइपुग्छन् नि। मलाई बच्चासँग दुई घन्टै लाग्छ,' उनले सुनाइन्। 

उनको नाम मीठू लामा हो, उमेर ४० वर्ष। मकवानपुरकी उनी विगत २२ वर्षदेखि काठमाडौं उपत्यकामै बसिरहेकी छन्।

प्रकाशित मिति: : 2021-06-14 22:31:00

प्रतिकृया दिनुहोस्