जर्मनीलाई हराउँदै फ्रान्सको सुखद सुरुवात

युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ।

जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो।

खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो। खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएनन्।

खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गाेल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो। खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो। समूह एफमा पोर्चुगल शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2021-06-16 07:32:00

प्रतिकृया दिनुहोस्