विश्वासको मत लिने तयारीमा गण्डकी सरकार

गण्डकीको नवगठित सरकारले विश्वासको मत लिने तयारी थालेको छ। विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता भई सकेको छ। 

आगामी आर्थिक वर्षको लागि हिजै बजेट ल्याएको गण्डकी सरकारले विश्वासको मत लिएपछि मात्रै बजेटमाथि छलफल चलाउने भएको हो। सरकारका प्रवक्ता कुमार खड्काले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता भई सकेको बताए।

'हामीले दर्ता गरी सक्यौं हिजो। पार्लियामेन्टले टाइम दिन्छ हामीलाई। यसो बुझ्दा ४ गते हुन्छ कि जस्तो छ', उनले भने, 'त्यसको लागि संसदको अधिकारको कुरा भयो। संसदले के गर्नुहुन्छ ? हामीलाई जानकारी हुँदैन। ४ गते हुन सक्छ। हाम्रो अनुरोध पनि त्यही छ।'

प्रदेशसभाबाट विश्वासको मत लिई सकेपछि मात्रै बजेटमाथि छलफल चलाउने उनले बताए। मन्त्रिपरिषद् विस्तारबारे थप केही निर्णय नभई सकेको उनले बताए। अहिले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ सदस्यीय विना विभागीय मन्त्री छन्।

सरकार गठन भएको ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2021-06-16 11:47:00

प्रतिकृया दिनुहोस्