निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ सवारी साधन प्रहरीको नियन्त्रणमा

फाइल तस्वीर
फाइल तस्वीर

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीमध्ये ९ सय २६ वटा गाडी र २ हजार ८६ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।

साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ५ सय ८७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २२ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा १ हजार ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ३ सय ५२ जनालाई सचेत गराइएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।

प्रकाशित मिति: : 2021-06-17 18:08:00

प्रतिकृया दिनुहोस्