पूर्वसांसद परियारको निधन

Symbolic photo
Symbolic photo

नेपाली कांग्रेसका नेता कृष्णसिंह परियारको निधन भएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए।

विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित  परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित  परियार बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दा कारागारसमेत परेका थिए।

मानव मानवबीच हुने जातीय विभेदविरुद्धको आन्दोलनका अग्रणी  परियारका निधनबाट बाँके जिल्लामा लोकतान्त्रिक आन्दोलनको बलियो खम्बा ढलेको नेता ओलीले बताए।

कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियारलाई इमान्दार नेताका रुपमा लिने गरिन्थ्यो। रासस

प्रकाशित मिति: : 2021-06-18 17:33:00

प्रतिकृया दिनुहोस्