सर्पले डसेर बालिकाको मृत्यु

New York Post
New York Post

देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा गढवा गाउँपालिका –७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन्। 

आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र  सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि  लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको  बालिकाकी आमा सरिताले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-18 17:43:00

प्रतिकृया दिनुहोस्