हत्या आरोपमा चार युवक पुर्पक्षका लागि थुनामा

Photo - RSS
Photo - RSS

जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो।

अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका–५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय रामदल यादवलाई भुईमा लडाई लछार पछार गरी धारिलो हतियार खुकरीले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ।

रुपनीवाट राजविराजतर्फ जाने सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्य अवस्थामा जेठ ६ गते फेला परेका घाइते रामदलको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा जेठ १० गते मृत्यु भएको थियो।

प्रहरीले अरोपितहरुलाई जेठ ६ गते नै पक्राउ गरेकोमा रामदलको मृत्युपश्चात कर्तव्य ज्यान मुद्दामा कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए।रासस

प्रकाशित मिति: : 2021-06-18 20:45:00

प्रतिकृया दिनुहोस्