कलाकार तथा संगीतकार पद्मज्योति बज्राचार्य संगीतमा रहेकाे नेपाल भाषाको गीत ‘जित ख्वय्का छ वने फइ मखु’को भिडियो सार्वजनिक भएको छ।भर्चुअल कार्यक्रम मार्फत शनिबार उक्त गीतको भिडियो युट्युवमा सार्वजनिक गरिएको हो।
गीतमा नेपाल भाषा तथा नेपाली भाषाका दर्जनौं भजन र आधुनिक गीतका गायिका बिष्णु माया ब्यञ्जनकारको स्वर रहेको छ। गीतको रचना स्व. मन्त बज्रले गरेकी हुन्।
गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार अनुप शाक्य, नेपाल भाषा क्षेत्रका लोकप्रिय तथा अनुभवी नायिका रोजिना सुवाल तथा सुष्मा बज्राचार्यको अभिनय रहेको छ।
सत्य घटनामा आधारित रहेको गीतको भिडियोको निर्देशक सुरज नापितले गरेका छन्।उक्त गीत पहिलाे पटक पद्मज्योति बज्राचार्यले गाएका थिए।