चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन्। फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो।
ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए।
उनले भने, '१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाउनुभयो । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ।' ललितपुर शाखामा आवद्ध कूल सङ्ख्यामा बाँकी २४७ ले भने कोभिड सिल खोप लगाइसकेका न्यौपानेको बुझाइ छ। रासस