कास्कीमा असार १५ गतेसम्मको लागि निषेधाज्ञाको समयावधि थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी सूचना अनुसार असार १५ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको हो।
एक साताको लागि थप गरिएको निषेधाज्ञामा केही हेरफेर गरिएको छ। नीजि सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको छ भने मनोरञ्जनका क्षेत्र बाहेकका व्यापार, व्यवसाय बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने छ।