उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गरिने

File photo
File photo

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। 

जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, 'मुलुकमा औद्योगिक विकास गर्न सकिए बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ, यही नै मेरो मूल उद्देश्य हो।'

उद्योगलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योग स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडि बढाइएको मन्त्री यादवले बताए। 

मुलुकमा आपूर्ति व्यवस्थालाई सहज र सबैको पहुँच हुने खालको बनाएर उपभोग्य सामग्रीको अभाव समस्या अन्त्य गर्न पनि काम भइरहेको उनले जानकारी दिए। 

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोकलाल अमात्यका अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले कोरोना महामारी र निषेधाज्ञाका मारमा रहेका उद्योगी व्यवसायीलाई कर छुट र राहत कार्यक्रम ल्याउन आग्रह गरेका थिए। रासस 

प्रकाशित मिति: : 2021-06-20 21:20:00

प्रतिकृया दिनुहोस्