गोरखामा जडिबुटी खोज्न गएका ४ जनााको हेलिकप्टरबाट उद्धार गरिएको छ। लगातारको वर्षाले हिमालमै रोकिएका ४ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।
जेठ २६ मा जडिबुटी खोज्न गएका ५ मध्ये एक जनाको मृत्यु भएको छ। गोरखा बारपाक सुलिकोट गाउँपालिका १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा जडिबुटी खोज्न गएका उनीहरु लगातारको वर्षाले उतै रोकिएका थिए।
बाँकी ४ जनाको हेलिकप्टरमार्फत सकुशल उद्दार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरिक्षक बिनोद सिलवालले जानकारी दिए।
मृतक गोरखा चुमनुब्री गाउँपालिका ३ सिर्दिवासका २४ वर्षीय सुरेन्द्र गुरुङ रहेका उनले बताए। हालसम्म शव भने फेला परेको छैन । उनको खोजीकार्य जारी रहेको उनले बताए।