राजनीति फोहोरी खेल हो — राजनीति सबथोक हो

सेतोपाटी

काठमाडौँ

दुर्गा कार्की

'मलाई सुनिराख्नुभाछ नि?'

बेलाबेला छुटिरहने हाँसोको फोहराबीच योकी राई घरिघरि कम्प्युटर स्क्रिनमा भेला भएका जनप्रतिनिधिलाई सोधिरहन्छिन्।

ओप्पो ए-३१, रेड्मी नोट-१०, डेल आदि नाम भएका जनप्रतिनिधिहरू यदाकदा कम्प्युटरको भित्तामा अररो भएर अड्किन्छन् र नेट तगडा हुनेबित्तिकै एकअर्काबारे मजाक गर्छन्।

रोल्पाको यो भेगमा इन्टरनेट फितलो छ। कतिपय जनप्रतिनिधि जुममार्फत् योकीहरूसँग स्थानीय सरकारको कामकारबाहीबारे भलाकुसारी गर्न इन्टरनेट खोज्दै टाढाको वडा कार्यालय आएका छन्। कतिपयका लागि मोबाइलमा जुमको एप पनि छोराछोरी, भान्जाभान्जी अनि श्रीमानले हालिदिएका हुन्।

देशलाई कोभिड-१९ को दोस्रो लहरले नछोपेको भए यतिखेर योकी रोल्पाको एउटा विकट गाउँपालिकाको कुनै वडामा जनप्रतिनिधिहरूसित भलाकुसारी गर्न झोलामा खाजा र पानी बोकेर यात्रामा निस्किएकी हुन्थिन्। कोरोना त्रासदीले योकीलाई पनि आफ्ना अन्य सहकर्मीजस्तै वैशाखको आधाउधीमै पालिका छाडेर घरको बाटो तताउनुपर्‍यो। यतिखेर उनी आफ्ना साथीहरूसित मिलेर अनलाइनमार्फत् जनप्रतिनिधिहरूलाई सघाउने उपाय खोजिरहेकी छन्।

प्रकाशित मिति: : 2021-06-22 10:55:00

प्रतिकृया दिनुहोस्