गण्डकीको मन्त्रिपरिषद् बिस्तारबारे काँग्रेस संसदीय दलको बैठक बस्दै 

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकीमा मन्त्रिपरिषद् बिस्तारबारे काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित काँग्रेस संसदीय दलको बैठक अहिले बसिरहेको छ।

संसदीय दलको बैठकपछि गठबन्धन बैठक बस्ने छ। मुख्यमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठकको विषयलाई लिएर संसदीय दलको बैठक बसेको हो।

नयाँ सरकार गठन भएको १० दिन बिति सक्दा पनि गण्डकीमा नयाँ मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन। गठबन्धनका सांसदहरु ठूलो मन्त्रालयको आकांक्षी बन्दा मन्त्रिपरिषद् बिस्तार थप पेचिलो बन्दै गएको छ।

जेठ २९ मा मुख्यमन्त्री पोखरेलसहित ५ जनाको मन्त्रिपरिषद् गठन भएको थियो। जसमध्ये ४ जनाले बिना विभागीय मन्त्रीको शपथ लिएका थिए।

प्रकाशित मिति: : 2021-06-22 14:08:00

प्रतिकृया दिनुहोस्