गण्डकीमा १० गतेदेखि यातायात कार्यालय सञ्चालनमा आउने

गण्डकीको यातायात कार्यालय १० गतेदेखि सञ्चालनमा आउने भएको छ। निषेधाज्ञा सुरु भएसँगै सबै सेवा ठप्प रहेको यातायात कार्यालयले सूचना निकालेर १० गतेदेखि पुन सेवा सुचारु गरिने जनाएको छ।

निषेधाज्ञा परिमार्जन गरेर खुकुलो पारिएपछि स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रदान गरिने भएको हो। सूचनामा उल्लेख भए अनुसार कोटा प्रणालीद्वारा सेवा प्रदान गरिने छ।

जसअनुसार दैनिक प्रतिलिपि नविकरण १ सय, स्मार्ट कार्ड वितरण १ सय, ट्रायल पास भई राजश्व तिर्ने बाँकी १ सय जनाको कोटा छुट्याएको छ। यस्तै, अत्यावश्यक भएकाहरुलाई कागजात अनुसार प्रमाणीकरण गर्न पाउने छन्।

प्रकाशित मिति: : 2021-06-22 16:46:00

प्रतिकृया दिनुहोस्