एकल महिला समूहले भर्चुअलमार्फत 'अन्तर्राष्ट्रिय एकल महिला दिवस' मनाउने 

मानव अधिकारको लागि महिला, एकल महिला समूहले भर्चुअलमार्फत ११ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने भएको छ। 

'महामारीमा एकल महिलाको सशक्तिकरण तथा संरक्षणमा प्राथमिकता' भन्ने नारासहित संस्थाले छलफल कार्यक्रम गरी 'अन्तर्राष्ट्रिय एकल महिला दिवस' मनाउन लागेको हो। 

उक्त कार्यक्रममा कोरोना महामारीका कारण एकल भएका महिलाहरुले भोगेका पिडा र समस्यालाई राज्यका सम्बन्धित निकायलगायत स्थानीय प्रदेश तथा केन्द्र सरकार हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने बारे छलफल हुने संस्थाकी प्रबन्धक राजिन रायमाझी जानकारी दिइन्। 

छलफलमा उठेका प्रश्नलाई सम्बन्धित निकाय समक्ष वकालत गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको उनले बताइन्। 


 

प्रकाशित मिति: : 2021-06-22 16:56:00

प्रतिकृया दिनुहोस्