सिंहहरू रातारात गायब होलान् भन्ने डरले दैनिक नियाल्दैछन् स्थानीय

सेतोपाटी

काठमाडौँ

भक्तपुर गोलमढीको गःहिति (ढुंगेधारा) लाई अचेल स्थानीयहरू दैनिकजसो नियाल्छन्।

यो हितिको दायाँ–बायाँ ढुंगाले बनेका दुइटा सिंह छन्। हाँसिरहेको वा गर्जिरहेजस्तो देखिने यी दुवै सिंहले घाँटीमा घन्टी भएको माला लगाएका छन्। एकातर्फको हात राम्रै भए पनि अर्कोतर्फको फुटिसकेको छ।

स्थानीयलाई एउटै डर छ- हावामा उडिरहेजस्तो आकृतिका यी सिंह रातारात हितिबाट गायब हुने हुन् कि!

आफैं उडेर होइन नि, कसैले उडाएर लग्छ कि भनेर!

उनीहरूको यो डर केही सातादेखि सुरू भएको हो, जब सरकारी निकायले यी सिंह यहाँका होइनन् भनेर दाबी गरे।

प्रकाशित मिति: : 2021-06-23 08:41:00

प्रतिकृया दिनुहोस्